केही दिन यता सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ ।निरन्तर बढेको सुनको मुल्यले आज पनी रेकर्ड ब्रेक गरेको छ ।
Advertisement
सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य हिजो प्रतितोला ६ सय रुपैयाँ घटेको थियो।।
हिजो सुनको मूल्य एक लाख ७९ हजार एकसय रुपैयाँ थियो। बुधबार सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको थियो। यो मूल्यलाई माथ गर्दै सुन आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।
आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ९५ रुपैयाँमा झरेको हाे। हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार २० रुपैयाँ थियो।