विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा होमिएका छन् । शिक्षकहरु बुधबार संघीय राजधानी काठमाडौंमा विभिन्न र्यालीसहित आन्दोलनमा उत्रेका हुन् ।
Advertisement
शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ । नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन् ।