रुपन्देही क्षेत्र नं. ३ का सांसद तथा राप्रपाका वरिष्ठ नेता सांसद दीपक बोहराको पार्थीव शव हेलिकप्टर मार्फत भैरहवावाट काठमाडौं फर्काईएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्ताहरुले भैरहवा देखी मोटरसाईकल र्याली सहित नगर परिक्रमा गर्दै उनको शव निवास सम्म शव ल्याएकाे थियो।
Advertisement
निवासमा ल्याएर बोहरालाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जली अर्पण लगत्तै उनको पार्थीव शरिर पुनः काठमाडौं लगिएको छ र काठमाडौंको पशुपतिनाथमा उनको दाहसंस्कार गरिने छ ।