रूकुम पश्चिम। माजबादी मोर्चा त्रीबेणी गाउँपालिका संयोजन समितिको तेस्रो पुर्ण बैठकले पालिका संयोजकमा घमण्ड सीलाई नेतृत्व हस्तान्तरण गरेको छ । मोर्चाका पालिका संयोजक गणेश खड्काको अध्यक्षता र मोर्चाका जिल्ला संयोजक चन्द्र सी, सदस्य धनराज खड्काको बिशेष उपस्थितिमा नेपाल कम्युनिस्ट पार्टीका युवा नेता घमण्ड सी लाई नेतृत्व हस्तान्तरण गरिएको हो ।
मोर्चाको कार्यबिधिमा मोर्चा घटक दलहरूले आलोपालो नेतृत्व गर्ने ब्यबस्था रहेको छ यो भन्दा अगाडि नेकपा माओबादी केन्द्रका पालिका अध्यक्ष गणेश खड्काले नेतृत्व गरेका थिए । बैठकले जनजिबिका ,सुशासन , अलपत्र आयोजनाहरू , लागुअौषध दुर्व्यसनका समस्याहरू हल गर्न बिशेष पहल गर्ने निर्णय गरेको छ।
घमण्ड सी संयोजक रहेको पालिका संयोजन समितिमा नेकपाबाट सदस्यमा स्वयमप्रकाश सी र अरुण सी नेकपा माओबादी केन्द्रबाट सदस्यमा गणेश खड्का, संजय ओली र लक्ष्मण ओली रहेका छन भने एकीकृत समाजवादी बाट दिनेश कार्की र चेतना कार्की सदस्यमा रहेको मोर्चाले जानकारी दिएको छ ।