रुकुम पश्चिम्। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका -९ राडीबजार स्थित नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । नापी कायर्यालयको डिजिटल बोर्ड ह्याक गरेर बोर्डमा ‘i love u parmila, i really love you’ लेखिएको छ ।
Advertisement
आईतबार बिहानै कार्यालयको बोर्ड मा ‘i love u parmila, i really love you’ लेखिएको पाईएको आठबिसकोट
नगरपालिकाका मेयर रबि केसीले जानकारी दिए । उनका अनुसार कार्यालयको डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएको बताए ।
नापी कार्यालयका प्रमुख मन आग्रीले आफू कार्यालय बाहिर भएकाले बोर्ड ह्याक भएको जानकारी पाएको र यसबारे आफुलाई थाहा नभएको बताए । नगरपालिकाका अनुसार ह्याक भएको बारे अनुसन्धान भैरहेको बताईएको छ ।