प्रतिवेदनले विगत २० वर्षयता बिदेसिने नागरिकको विवरण पनि समेटेको छ । २०५८ सालको जनगणनाअनुसार कुल जनसंख्याको ३ दशमलव ३ प्रतिशत नेपालबाट बाहिरिने गरेकामा २०७८ मा आइपुग्दा बढेर ७ दशमलव ५ प्रतिशत पुगेको छ ।
Advertisement
देशबाट बाहिरिने जनसंख्यामा पुरुषको हिस्सा निकै ठुलो छ । बाहिरिनेमध्ये ८२ दशमलव २ प्रतिशत पुरुष छन् भने १७ दशमलव ८ प्रतिशत महिला छन् ।
देश छाड्नेमध्ये २० देखि २९ वर्ष उमेर समूहको हिस्सा झन्डै आधा (४९ दशमलव ४ प्रतिशत) र ३० देखि ३९ वर्ष उमेर समूह १९ दशमलव ५ प्रतिशत छ । बिदेसिने युवाको गति यही रहेमा देशमा युवा जनशक्तिको अभाव हुन सक्ने प्रतिवेदनले औँल्याएको छ ।