• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

राजनीतिक चेतना र सामाजिक सञ्जाल

भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

आज सुनको मूल्य बढ्यो

सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

अन्तर विद्यालय नाटक प्रतियोगिता : सिद्वार्थ मा.वि. बन्यो प्रथम ।

लोकप्रिय समाचार

  • १. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ४. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ५. उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ८. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

  • ९. आज दुई संसदीय समितिको बैठक बस्दै, बाढीपछिको राहत र आपूर्तिबारे छलफल

  • १०. एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

हिंसात्मक बन्यो राजावादीको प्रदर्शन, पत्रकारको मृत्यु भाटभटेनीको रक्सी लुटे राजावादीले

"अशान्त बन्यो काठमाडौं अराजक फैलाउने मुख्य नाईके दुर्गा प्रसाई फरार "

  •   शनिबार, चैत १६, २०८१ मा प्रकाशित
  • राजावादी पक्षधरले काठमाडौं मा गरेको प्रदर्शन नरसंहारमा परिणत भएको छ । प्रदर्शनकारीहरुको समुह उग्रबनेपछी तिनकुने क्षेत्र तहसनहस बनेको छ । गाडी, घर सहित जिउँदै मानिस आगोमा जलेका छन्। भने अर्कोतिर राजावादीका प्रदर्शनकारीहरुले लुटपाट र चोरीडकैती गरेका छन्। प्रदर्शनमा उग्रता देखाएपछी तनावग्रस्त बनेको स्थितिले तिनकुने क्षेत्र नै तहसनहस बनाएको छ । नेपाली सेना समेत परिचालन गरेर उक्त क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

    Advertisement

    शुक्रबार काठमाडौंमा राजावादीहरुले राजतन्त्रको पुनःस्थापना गर्ने उदेश्यले गरेको प्रदर्शनमा दुई जनाको ज्यान गएको छ । भने अन्य सर्वसाधारण सहित केही प्रहरी घाइते भएका छन् ।

    शुक्रबार तीनकुने क्षेत्रमा भेला भएका राजावादी प्रदर्शनकारीहरु आक्रमक र उग्र बनेपछि प्रहरीमाथि आक्रमणमा उत्रिएर आगजनी गर्दा आगोमै जलेर एक पत्रकार को मृत्यु भएको छ । सुरुमै उग्र बनेका राजावादीले एक महिला प्रहरीको टाउको नै फुटाएका थिए।

    राजावादीको प्रदर्शनले ढुंगामुढा गरेपछि प्रहरीले रोक्न खोज्दा आन्दोलनले उग्रगति लिएको थियो । राजावादी प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको द्विपक्षीय झडप उग्र बन्दै हिंसात्मक बनेको हो ।

    भाटभटेनीमा लुटपाट र चोरी

    प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरभित्र पसेर लुटपाट र तोडफोड गरेका छन् ।
    शुक्रबार राजतन्त्र ल्याउने उदेश्यले राजावादीहरुले गरेको प्रदर्शका समूह बिथोलिएपछि तितरवितर भएको समूह सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेको थियो ।

    त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनीसमेत गरेको थियो । सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको सञ्चालकको गुनासो छ ।

    जडीबुटी कम्पनीमा पनि आगो लगाए

    राजावादी प्रदर्शनका समूहले शुक्रबारकाठमाडौंको जडीबुटीस्थित जडीबुडी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेको छ ।
    तोडफोड र आगजनी गर्न सुरु गरेपछि भागेर कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले बताइन् ।

    आगलागी बाट पत्रकारको मृत्यु

    राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । 

    सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका एभिन्युज टेलिभिजनका सुरेश रजकको मृत्यु भएको हो ।
    राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी गरेका थिए ।

    राजावादी प्रदर्शनकारी को मृत्यु

    काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।

    शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

    त्यस्तै राजावादीका प्रदर्शनकारीले अन्नपुर्ण दैनिक, कान्तिपुर , एकिकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड सहित आगजनी गरेका छन्। उग्र बनेका राजावादीहरुले सुरक्षाकर्मीको हतियार समेत खोसेका थिए। प्रदर्शनको कमान्डर सम्हालेका दुर्गा प्रसाईले निषेधित क्षेत्र पार गरेपछी झडप भएको थियो । झडप चर्किन थालेपछी राजावादीको प्रदर्शनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार गरिएको थियो । सुरुमा प्रदर्शनकारीले एक घरमा आगो लगाएका थिए ।

    शनिबार, चैत १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने
    राजनीतिक चेतना र सामाजिक सञ्जाल
    भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा
    आज सुनको मूल्य बढ्यो
    सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    लोकप्रिय

    • १.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ४.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ५.
      उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

    • २.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ३.
      भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

    • ४.
      आज सुनको मूल्य बढ्यो

    • ५.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ६.
      बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    • ७.
      भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

    • ८.
      माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.