बिहिवार जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि आएका एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयको ढोकामा लडेर जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ७ टाट्के का ७० वर्षीय टीकाराम वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
Advertisement
बिहिवार बिहान ११ बजेतिर वली जिप्रकाको कार्यालयको ढोकामा लडेर टाउकोमा चोट लागेको थियो । उनलाई अस्पताल पुर्याएपछी डाक्टरले मृत घोषणा गरेका थिए । राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन पुगेका उनी ढोकामै लड्दा टाउकोमा चोट लागेको थियो ।