समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।
Advertisement
आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बुधबार अपराह्नदेखि बैठक सुरु भएको हो ।
समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन् ।
मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्दैछ । सरकारका गलत क्रियाकलाप र राजावादीहरूको चलखेलविरुद्ध मोर्चाले प्रदर्शन गर्न लागेको हो । सोही प्रदर्शनबारे छलफल गर्न मोर्चाको बैठक बसेको हो ।