नेपाली बजारमा सुनको मूल्य आज घटेको छ। चाँदीको मूल्य भने आज पनि स्थिर छ।
Advertisement
सोमबारको मूल्यमा प्रतितोला २ सय रुपैयाँ घटेर सुनको भाउ आज एक लाख ७३ हजार तीनसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ७३ हजार पाँचसय रुपैयाँ कायम भएको थियो।
गत साताको बुधबार अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य त्यसयताका चारदिन लगातार घट्दै आएको छ।