प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशन बाट प्रतीक इच्छुक शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । चैत १०-११ गते सुर्खेतमा सम्पन्न अधिवेशबाट शर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।
Advertisement
त्यस्तै उपाध्यक्षमा धर्मराज जिसी, उपेन्द्र प्रसाद न्यौपाने, तुलसा रोका र महासचिवमा अशोक कुमार सिंह चयन भएका छन् । भने सचिवमा तिलकराज ओली, नरजङ्ग तामाङ्ग, जुना कुमारी रावत, प्रिमा कुमारी बिश्वकर्मा (प्रेरणा), तुलाराज चौलागाइ (आकाश) कोषाध्यक्षमा कृष्ण शर्मा चयन भएका हुन्।