दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-६ निवासी अन्दाजी २२ बर्षीय विवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Advertisement
प्रहरी प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहका अनुसार अनुसार घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी रा ८ प ३४१ नम्बरका मोटरसाइकल चालक सुवेदीको मृत्यु भएको थियो भने रा २ प ६१६३ नम्बरको मोटरसाइकल चालक घोराही-११ निवासी ३४ बर्षीय विनोद बस्नेत गम्भिर घाइते भएको प्रहरीले वताएको छ ।