दलित अभियन्ताहरुले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका छन् ।
Advertisement
‘दलितलाई खै’ लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शन गरेका हुन् । सिरहाको औरही गाउँपालिका– ५ का दीपक मरिक (डोम)को घर भत्काइएको विरोधमा काठमाडौं प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा उनीहरूले निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गर्ने प्रयास गरेका थिए । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल भएको हो ।