रूसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धका क्रममा मारिएका नेपालीको क्षतिपूर्ति लिन पीडित परिवार रूस पुगेका छन्।
Advertisement
रूसी सेनामा भर्ना भएर मारिएका ६ जनाको परिवार क्षतिपूर्ति लिन बुधबार मस्को गएका हुन्।
सेनामा भर्ना भएर मारिएकाहरूका परिवारलाई शव पहिचान र क्षतिपूर्तिको दाबी गर्न रूस पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई पत्राचार गर्दै ६ जना मृतकका परिवारलाई रूस जाने अनुमति दिन भनेको थियो।
रुस जानेमा झापाका २, सिन्धुपाल्चोक, खोटाङ, गोर्खा र रूपन्देहीका एक–एक जना छन्।