नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा (एमाले) ले आफूहरुलाई उद्योग बेचेर खाने पार्टी भनेर मुर्ख बनाएको टिप्पणी गरेका छन् ।
Advertisement
बुधबार कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले विगतदेखि एमालेले पनि कांग्रेसलाई मुर्ख बनाउँदै आएको र अहिले आएर नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीसमेतले मुर्ख बनाउने प्रयास गरिरहेको बताएका हुन् ।