• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

चालु आवमै ५ लाख ४४ हजार विदेशिए


  •   बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
  • वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा चालु आव २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १५.०७ प्रतिशतले बढेका हुन् ।

    Advertisement

    गत आवको सो अवधिमा चार लाख ६२ हजार ४६९ जनाले श्रम स्वीकृति लिएकोमा चालु आवको यस अवधिमा पाँच लाख ४४ हजार ४७० जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुन गत आवको तुलनामा चालु आवमा ८२ हजार ७१ जनाले बढी हो । विभागका अनुसार चालु आवमा वैदेशिक रोजगारीमा जानका लागि सबैभन्दा धेरै मङ्सिर र माघमा श्रम स्वीकृति जारी भएको छ ।

    चालु आवको मङ्सिरमा सबैभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । मङ्सिरमा ८४ हजार २२७ जनाले र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । विभागका अनुसार माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

    चालु आव २०८१/८२ को पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीका लागि पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । वैदेशिक रोजगार विभागका अनुसार यस वैदेशिक रोजगारीका लागि पाँच लाख ४४ हजार ५७० जनाले श्रम स्वीकृति लिएकामा युएईका लागि मात्रै एक लाख ७३ हजार ३४१ जनाले श्रम स्वीकृति लिएका हुन् ।

    चालु आवको सो अवधिमा नेपालीको दोस्रो श्रम गन्तव्य देश साउदी अरब र तेस्रो श्रम गन्तव्य देश कतार रहेको छ । यस अवधिमा साउदी अरबका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख तीन हजार ९९१ जना रहेको छ भने कतारका लागि ९३ हजार ४०५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । आव २०८०/८१ मा दोस्रो र आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश मलेसिया यस पटक पाँचौँमा छ । मलेसियाका लागि भने चालु आवको यस अवधिमा १८ हजार ८९४ जनाले श्रम स्वीकृति लिएका छन् । चौथो कुवेतका लागि यस अवधिमा साढे २३ हजारले श्रम स्वीकृति लिएका छन् । यस अवधिमा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत सात हजार ७१० जना दक्षिण कोरिया गएका छन् ।

    विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले अघिल्लो आवदेखि नै पहिलो श्रम गन्तव्य देश युएई र दोस्रो साउदी अरब भएको जानकारी दिनुभयो । कोरोनाका कारण नराम्ररी थलिएका यी देशमा उद्योग व्यवसायले गति लिनेसँगै नेपाली श्रमिकको माग बढेर पहिलो र दोस्रो श्रम गन्तव्य बनेको उहाँको भनाइ छ । यो खबर आजको गोरखापत्र मा छ ।

    • विदेश श्रम
    बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.