• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • २. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ३. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ४. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ५. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

  • ६. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ७. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

लोकप्रिय बन्दै दाङका बँदिया भालेको परिकार

  •   मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
  •  पछिल्लो समय बँदिया भालेको परिकार सहरी उपभोक्तामाझ लोकप्रिय हुन थालेको छ । लोकल भालेको अन्डकोष निकालेर बँदिया भाले बनाइन्छ । लोकल भाले बास्न थालेपछि शल्यक्रिया गरेर अन्डकोष निकाल्ने गरिन्छ । बँदिया भाले भन्नाले बोकालाई खसी बनाए जस्तै हो ।

    Advertisement

    केही वर्षअघिसम्म दाङमा पाहुनालाई उपहारको रूपमा दिइने बँदिया भाले पछिल्लो समय सर्वसाधारणको रोजाइमा पर्न थालेको हो । फरक स्वादका कारण अत्यधिक रुचाइएको बँदिया भालेको सामाजिक सञ्जालमा प्रचार भएपछि नेपालका ठुला सहरका होटलका प्रमुख परिकार बन्न थालेका छन् । कुखुराको भालेलाई यौनिक रूपमा परिपक्व हुनुअघि शल्यव्रिmया गरेर बँदिया बनाउने प्रचलन छ । यस कारण भालेको तौल र शरीरमा रेसायुक्त मासु तथा बोसो बढ्ने भएकाले मासु स्वादिलो हुने त्यसको लामो समयदेखि अध्ययन गरिरहेका विज्ञले उल्लेख गरेका छन् ।

    पशु चिकित्सक डा. विनय थापाले कुखुरालाई दुई महिना अर्थात् आठ हप्ताको हाराहारी पुग्दा बँदिया बनाइने र १० महिना पुग्दा बिव्रmीको निम्ति योग्य मानिने बताउनुभयो । उहाँले बँदिया कुखुरामा बोसो लाग्ने भएकाले यसको मासु स्वादिलो, नरम र रसिलो हुने बताउनुभयो । बँदिया बनाएपछि कुखुराको चञ्चले स्वभाव परिवर्तन हुँदा जता पायो त्यतै दौडिरहने र लडाकु स्वभाव पनि फेरिएर शान्त हुन्छ । त्यसले तौल बढाउन सहयोग पु¥याउँछ । यसले कृषकलाई उत्पादन बढाउन सहयोग मिल्ने थापाले बताउनुभयो ।बानेश्वर काठमाडौँका ज्ञानेन्द्र दाहालले सामाजिक सञ्जाल टिकटकमा निक्कै प्रख्यात भएपछि साथीहरूसँग बँदिया भालेको परिकार खाने बस्दोबस्त मिलाएको उल्लेख गर्नुभयो । केही समययता काठमाडौँका विभिन्न स्थानमा बँदिया भालेको परिकार खान पाइने भन्दै सामाजिक सञ्जालमा प्रचार हुन थालेको छ ।

    सामान्यतया, लोकल, गिरिराज, ब्रोइलर, टर्की र कालिजको मासु खाने सहरका उपभोक्ताका लागि बँदिया भाले नौलो नै थियो । दाहालले काठमाडौँ तीनकुने सुविधानगरमा पुगेर बँदिया भालेको मासु खाएपछि स्वाद फरक पाएको उल्लेख गर्नुुभयो । दाङका अगुवा टीका बस्नेतले कैयौँलाई बँदिया भालेका बारेमा जानकारी नभएको तर मध्यपश्चिममा लोकप्रिय रहेको यस भालेको चर्चा देशव्यापी भएको बताउनुभयो । नेपालमा बँदिया भालेको पहिचान दाङ जिल्लासँग अलि बढी नै जोडिएको बस्नेतले बताउनुभयो ।

    दाङका स्थानीय तहले बँदिया भाले उत्पादनमा प्रोत्साहनसमेत गर्न थालेका छन् । राप्ती गाउँपालिकाले कम्तीमा पाँच वटा पाल्नेलाई प्रति बँदिया भाले एक सय रुपियाँ अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

    लमही नगरपालिकाले पशु सेवा केन्द्रमा किसानले कुखुरा लिएर आएमा प्राविधिक कर्मचारीले निःशुल्क रूपमा बँदिया बनाइदिने व्यवस्था गरेको छ । नगरपालिकाको पशु सेवा शाखाका प्रमुख शिवराज न्यौपानेले बँदिया बनाउन नगरपालिकाले प्रोत्साहन गरिरहेको जानकारी दिनुभयो । दाङबाहेक पाल्पा, मकवानपुर, बाँके, बर्दिया र सुर्खेतलगायतका अन्य जिल्लामा पनि सीमित मात्रामा भए पनि बँदिया बनाउने चलन बढेको छ तर अझै पनि धेरैलाई अनौठो लाग्ने कुखुरालाई बँदिया बनाउने चलन नेपालमा कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक अभिलेख छैन । गोरखा पत्रबाट

    मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • २.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ३.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ४.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • ५.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ६.

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.