काठमाडौँको रत्नराज्य लक्ष्मी आर आर क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । अनेरास्ववियुले क्याम्पसमा ताला लगाएपछि आज हुने भनिएको निर्वाचन स्थगित भएको हो ।
Advertisement
निर्वाचन समितिका संयोजक महेश भट्टराईका अनुसार निर्वाचनको सबै तयारी पुरा भैसकेको अवस्थामा क्याम्पसको प्रवेशद्वारमा तालाबन्दी भएका कारण निर्वाचनको अर्को मिति नतोकिए सम्म निर्वाचन स्थगित गरिएको बताए ।
नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा एस निकट अनेरास्ववियूको गठबन्धनले तालाबन्दी गरेको हो । उनीहरुले क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक डिजिटल कार्डहरु प्रशासनबाटै जारी भएको आरोप लगाउदै तालाबन्दी गरेको छ ।