• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, बैशाख २७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज यी स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

दाउराको विषयमा विवाद हुँदा एकको हत्या

बालेनको विरोध गरेको २४ घण्टा भित्रै सुशीलाले चढ्ने गाडी फिर्ता

आजको मौसम : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २. आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

  • ३. लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ४. नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

  • ५. डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

  • ६. सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

  • ७. प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

  • ८. ८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

  • ९. देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

  • १०. बालेनको विरोध गरेको २४ घण्टा भित्रै सुशीलाले चढ्ने गाडी फिर्ता

संसदमा आज : पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवासुविधा दिने विषय देखि राजतन्त्र सम्मको चर्को विरोध


  •   आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
  • प्रतिनिधिसभा सदस्यहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवासुविधा दिन लागिएको भन्दै असन्तुष्टि जनाएका छन् । सभाको आजको बैठकमा सांसदहरुले सरकारले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुखलगायत पूर्वविशिष्ट पदाधिकारीलाई कानुन बनाएरै सेवासुविधा दिने तयारी गरेको भन्दै विरोध गरेका हुन् ।

    Advertisement

    बैठकको शून्य समयमा बोल्ने सांसदहरुले देशको आर्थिक अवस्थाले नथेग्ने र यसले जनतामा थप नैराश्यता बढाउनेतर्फ सचेत गराए ।

    सांसद चित्रबहादुर केसीले पूर्वविशिष्ट पदाधिकारीलाई सेवासुविधा दिने सरकारको तयारीको आलोचना गरे । पछिल्लो समय जनता र सरकारबीचको दूरीलाई यसले अझ चर्काउन सक्ने भन्दै गम्भीर हुन सरकारसँग आग्रह गरे ।

    “मुलुकको यस्तो आर्थिक अवस्था देख्दादेख्दै, यतिबेला सरकारले पूर्वविशिष्टलाई कानूनी व्यवस्था गरेर सेवासुविधा दिने कुरा गर्ने ?”, उनले भने, “सरकार र व्यवस्थाप्रति जनताको आक्रोश अझ बढ्ने छ । सरकार गम्भीर हुनुपर्छ ।”

    सांसद डा अमरेशकुमार सिंह सांसद र गोमा लाभ (सापकोटा)ले पनि पूर्वविशिष्ट पदाधिकारीको सेवासुविधा कटौती गर्न जोड दिए ।

    शून्य समयमा सांसद ईश्वरी घर्तीले रासायनिक मलको जथाभावी प्रयोगबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन् । “हामीले उत्पादन गरेका कृषिउपजमा अत्यधिक विषादी प्रयोग हुँदा स्वास्थ्यमा प्रत्यक्ष हानि हुनका साथै विषादीका कारण अन्य देशमा निर्यात हुन नसक्ने अवस्था छ”, उनले भनिन् ।

    सांसद अम्बरबहादुर रायमाझीले उदयपुरको कटारी नगरपालिकाको घुर्मीस्थित सुनकोशी लिफ्टिङ खानेपानी आयोजनाको मुहानमा क्षति हुँदा स्थानीय प्रभावित भएको भन्दै तत्काल निर्माण सुरु गर्न माग गरे ।

    सांसद आस्माकुमारी चौधरीले सदनमा दलहरु पक्ष र प्रतिपक्ष हैन देश र जनताका मुद्दामा आवाज बुलन्द बनाउन आह्वान गरिन् । सांसद असिम शाहले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र प्रदर्शनिका समयमा काँटछाँट एवं प्रतिबन्ध लगाउने कामको विरोध गरे । उनले सेन्सरविरुद्ध चलचित्रकर्मीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको बताए । राजा भन्ने शब्द सुन्नेबित्तिकै सरकारलाई डर लाग्छ कि के हो ?”, उनले भने, “सेन्सर बोर्डमा राजनीतिक नियुक्ति हटाइ चलचित्रकला बुझ्ने व्यक्तिलाई नियुक्ति गर्नुपर्छ ।”

    शून्य समयमा सांसद ईश्वरबहादुर रिजालले दोलखा जिल्लास्थित विगु गाउँपालिकाका रहेको बन्द खानीहरु पुनःसञ्चालन गरी स्थानीयको जीविकोपार्जनलाई सहज बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

    सांसद उर्मिला थेबेले ताप्लेजुङ्मा सुक्खायाम बढेसँगै वन डढेलो र आगलागीको घटना बढ्नेतर्फ सचेत गरायन् । उनले सम्भावित क्षति न्यूनीकरणका लागि ध्यानाकर्षण गराइन् । सांसद उर्मिला माझीले जनतामा व्याप्त असन्तुष्टि सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गरायन् । सांसद कालुराम राईले देशको पूर्वी सिमामा पर्ने पर्यटकीय मार्गमा सडक निर्माणले पु¥याएको असरबारे ध्याकर्षण गराए ।

    सांसद गणेश पराजुलीले सार्वजनिक सवारीसाधनको सुधार र व्यवस्थापनको माग गरे । उनले सार्वजनिक यातायातमा यात्रुले भोग्दै आएको सास्तीबारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद चन्द्रबहादुर विश्वकर्मा पुष्पलाल लोकमार्गमा रहेका निर्माणाधीन पुलको तत्काल निर्माण सम्पन्न गर्न ध्यानाकर्षण गराए ।

    सांसद छिरिङ डम्डुल लामाले देशभरका झण्डै १८ हजार कैदीबन्दीहरु बिरामी परेको भन्दै उनीहरुको स्वास्थ्योपचारको व्यवस्थाका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद जनार्दन शर्माले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न माग गरे ।

    सांसद जावेदा खातुन जागाले जङ्गली हात्तीको आक्रमणबाट बर्दियाका बासिन्दा त्रसिद रहेकोतर्फ ध्यानाकर्षण गराइन् । सांसद जुलीकुमारी महतो महासेठले राजतन्त्रात्मक व्यवस्था फर्किने सम्भावना नरहेको बताइन् । “जसरी पश्चिमबाट सूर्य उदाउन सक्दैन, त्यसैगरी समाप्त भइसकेको राजतन्त्र फर्कन सक्दैन”, उनले भनिन् ।

    सांसद एकनाथ ढकालले शान्ति प्रक्रिया टुङ्गो लगाउन शीर्ष दलहरुलाई आग्रह गरे । यस्तै, सांसद गङ्गा कार्की र सांसद डा चन्दा कार्की भण्डारीले समसामयिक विषयमा ध्यानाकर्षण गराए ।

    • संसद बैठक
    आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज यी स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
    दाउराको विषयमा विवाद हुँदा एकको हत्या
    बालेनको विरोध गरेको २४ घण्टा भित्रै सुशीलाले चढ्ने गाडी फिर्ता
    आजको मौसम : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
    लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    लोकप्रिय

    • १.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • २.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    • ३.
      लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ४.
      नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    • ५.
      डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

    • ६.
      सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

    भर्खरै

    • १.
      आज यी स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    • २.
      दाउराको विषयमा विवाद हुँदा एकको हत्या

    • ३.
      बालेनको विरोध गरेको २४ घण्टा भित्रै सुशीलाले चढ्ने गाडी फिर्ता

    • ४.
      आजको मौसम : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ६.
      नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    • ७.
      प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

    • ८.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.