रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले नागरिकको गुनासो सुन्न टोल फ्रि नम्वरको व्यवस्था गरेको छ ।
Advertisement
गाउँपालिकाले प्रवाह गर्ने सेवाको बारेमा बुझ्न र गुनासो गर्नको लागि गाउँपालिकाले १८१०५०००१४६ नम्वरको टोल फ्रि नम्वरको व्यवस्था गरेको जनाएको छ ।
सानीभेरी गाउँपालिकाले सेवा प्रवाहको बारेमा बुझ्न र गुनासो गर्न पैसा नलाग्ने टोल फ्रि नम्बर मा फोन गर्दा गुनासो सुन्ने अधिकारी तथा बालकल्यान अधिकारी मानबिर ओलीले गुनासो सुन्ने छन्। नागरिक र पालिकाको सम्बन्ध प्रगाढ हुने र सबै नागरिक पहुँचमा आउने हुंदा जनताको गुनासो सुन्न टोल फ्री नम्वर सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।