आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एमाले निकट भातृ संगठन स्ववियू ४० वटा क्याम्पसमा निर्विरोध निर्वाचित भएका छन। सबैभन्दा बढी बाग्मती प्रदेशमा १२ वटा क्याम्पस, लुम्बिनीमा ९ क्याम्पस , कोशी प्रदेशमा ५ , गण्डकी ३ र सुदुरपश्चिम ८ क्याम्पस र कर्णालीका ३ वटा क्याम्पसमा अनेरास्ववियु का उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।
Advertisement
केही क्याम्पसहरुमा विरोधका कारण निर्वाचन स्थगित भएको छ भने केहीमा भने सर्वसम्मत नेतृत्व चयन भएका छन् ।
त्रिभुवन विश्वविद्यालय सँग सम्बन्धन लिएका केही जिल्लाका विद्यार्थी संख्याको हिसाबले साना क्याम्पसहरुमा भने संगठनहरुको सहमतिमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । पछिल्लो विवरण अनुसार अहिलेसम्म अनेरास्ववियुले ४० वटा क्याम्पसमा निर्विरोध स्ववियू सभापति जितेको छ ।