• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, साउन २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज घट्यो सुनको मूल्य

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

आज कुन-कुन राजमार्ग ठप्प?

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

लोकप्रिय समाचार

  • १. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • २. आज यी ठाउँमा भारी वर्षाको सम्भावना

  • ३. फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

  • ४. पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

  • ५. आज कुन-कुन राजमार्ग ठप्प?

  • ६. सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

  • ७. ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

  • ८. प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

  • ९. रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

  • १०. भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

अँध्यारो मुनिको गाउँ, जहाँ अहिलेपनी दियालो बाल्छन


  •   आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
  • बागलुङको पश्चिमीक्षेत्र निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर प्राकृतिक रूपमा जति मनमोहक छ, त्यहाँको जनजीवन उति नै कष्टकर छ । निसीखोलाको मध्य भाग हुँदै पुष्पलाल मध्यपहाडी लोकमार्ग विस्तार हुँदा सडक आसपासमा बजारीकरणको लहर नै चलेको छ तर अधिकांश कठिन भूगोल रहेको निसीको ग्रामीण जनजीवन अत्यासलाग्दो छ ।

    Advertisement

    निसी भल्कोटबाट करिब आठ/नौ घण्टाको पैदलयात्रापछि मात्रै पुग्न सकिने निसेलढोर सडक सञ्जालसँग अझै जोडिएको छैन । विद्यालय भवन जीर्ण छन् । निमावि तहको अध्ययन गर्न बेसीको बोबाङ झर्नु पर्छ । प्रशस्त खानेपानीका मुहान छन् तर पर्याप्त धारा छैनन् । बालविवाह बढ्दो छ, चेतना छैन । सामाजिक स्वास्थ्य एकाइ छ, जनशक्ति छैन । निसेलढोरमा गतवर्ष मात्रै फोन सेवा सञ्चालनमा आएको हो । नेपाल टेलिकमले दुर्गम र पर्यटकीय क्षेत्रमा फोरजी चलाउने अभियान चलाएपछि निसेलढोर सञ्चार सुविधासँग जोडियो तर दियालोले फोनलाई ऊर्जा मिल्दैन ।

    जसोतसो सञ्चार सुविधा प्राप्त गरेका निसेलढोरबासी विद्युतीकरण नहुँदा अहिले पनि उज्यालोका लागि दियालोको सहारा लिन विवश छन् । त्यहाँ विद्युत् विस्तार गर्न पोल गाडेको झन्डै तीन वर्ष बितिसक्यो । विद्युत् आपूर्ति हुने आशामा त्यहाँका घर घरमा वायरिङसमेत गरिएको छ तर विद्युत् विस्तार नहुँदा दियालोको उज्यालोमा रात गुजार्नु परेको स्थानीय खुमा विश्वकर्माले गुनासो गर्नुभयो ।

    निसेलढोरका ५५ घरपरिवारमध्ये केहीले सोलार बत्ती प्रयोग गरे पनि अधिकांशले उज्यालोका लागि लेकाली सल्लाको रुखबाट प्राप्त हुने दियालोको सहारा लिनुपरेको छ । विद्युत् नहुँदा गाउँमा जङ्गली जनावरदेखि चोरीसम्मको डर हुने गरेको विश्वकर्माको भनाइ छ । “घर घरमा वायरिङ गर्दा र पोलहरू गाड्दा गाउँमा छिट्टै विद्युत् आउने विश्वास थियो, वायरिङ बिग्रन थालिसक्यो बिजुली आउने पत्तो छैन,” विश्वकर्माले भन्नुभयो ।

    निसेलढोरमा विद्युत् विस्तारका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरेको ३१ लाख रुपियाँ बजेटबाट पोल गाड्ने काम भए पनि ट्रान्सफर्मरलगायतका सामग्री खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो ।

    विद्युतीकरणका लागि गाउँपालिकाले निरन्तर प्रयास गरे पनि सफल भने हुन सकेको छैन । “ढोरपाटन भुजी लघु जलविद्युत् आयोजनाको विद्युत् जोड्ने गरी केही पोल गाड्ने काम भए पनि बजेट फ्रिज हुँदा कामै अघि बढ्न सकेन,” निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले भन्नुभयो । विद्युत् नपुगेको ठाउँमा सोलार जोड्ने योजना पनि सफल हुन नसकेको घर्ती मगरले सुनाउनुभयो । गण्डकी प्रदेश सरकारसँग छलफल चलिरहेकाले निसेलढोरमा छिट्टै विद्युतीकरण हुने विश्वास उहाँको छ ।

    नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले प्रदेश सरकारले गाडेका पोलहरू प्राधिकरणलाई हस्तान्तरण गरे निसेलढोरमा छिट्टै विद्युत् विस्तार हुने बताउनुहुन्छ । प्रदेश सरकारले गाडेका आठ मिटर अग्ला पोलहरू ११ केभी लाइन प्रसारण गर्ने मानकका नभए पनि काम भने अघि बढाउन सकिने उहाँको भनाइ छ । यो खबर आजको गोरखापत्रमा छ ।

    • अध्यारो
    आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज घट्यो सुनको मूल्य
    प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
    सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक
    ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना
    भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
    आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    लोकप्रिय

    • १.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • २.
      आज यी ठाउँमा भारी वर्षाको सम्भावना

    • ३.
      फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

    • ४.
      पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

    • ५.
      आज कुन-कुन राजमार्ग ठप्प?

    • ६.
      सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

    भर्खरै

    • १.
      आज घट्यो सुनको मूल्य

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

    • ३.
      सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

    • ४.
      ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

    • ५.
      भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    • ६.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ७.
      फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

    • ८.
      आज कुन-कुन राजमार्ग ठप्प?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.