दाङ घोराही उपमहानगरपालिकाले राजश्व दरमा हेरफेर गरेको सम्वन्धी केही बुद्धिजीवीहरूले आन्दोलन गरिरहेका छन् । भने हालै मात्र घोराहीका मेयर नरूलाल चौधरीले एमाले नेता शंखर पोख्रेल सँग फोनमा कुराकानी गरेको अडियो सार्वजनिक भएको छ ।
उक्त अडियो कुराकानी असत्य भएको खण्डन गर्दै नगर प्रमुख नरुलाल चौधरीले हालसालै एक फेक अडियो सार्वजनिक भएको र जसमा नगर प्रमुखले नेकपा (एमाले) का महासचिव शंकर पोखेलसँग टेलिफोन संवाद गरेको भनिएको भन्ने हल्ला असत्य हो । यस सम्बन्धी नगर प्रमुखले स्पष्ट पार्दै भनेका छन् कि मैले कुनै पनि व्यक्ति वा राजनीतिक नेतासँग पालिकाको राजस्व हेरफेरको बिषयमा कुराकानी गरकै छैन् बिज्ञप्तिमा भनिएको छ ।
नगर प्रमुखका अनुसार, उक्त अडियो Tethis Lamsal नामक व्यक्तिले ईमेल मार्फत विभिन्न सञ्चार माध्यममा पठाएको उक्त अडियोको विषयमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटी काठमाडौँले अनुसन्धान गरिरहेको छ। नगर प्रमुखले यसलाई राजनीतिक प्रतिशोधको प्रयास भएको बताएका छन्। उनले नगरवासी र आम जनसमुदायलाई यस्ता असत्य समाचारको भ्रममा नपर्न र सचेत रहन आग्रह गरेका छन्।
नगर प्रमुख चौधरीले भनेका छन् कि नेपाल प्रहरीको साईवर ब्युरोले छिट्टै यस घटनाको सत्यतथ्य सार्वजनिक गर्दै यसमा संलग्न व्यक्तिहरूलाई कानुनी कारवाहीमा ल्याउने छ ।