दाङको घोराहीमा वडाअध्यक्षले प्रधानाध्यापकलाई कुटपिट गर्दा प्रहरीमा जाहेरी परेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा अवस्थित शुभ प्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति तेस्रो पटकको भेलामा बिबाद हुदा झडप भएको थियो । सोही बिषयमा प्रहरीमा जाहेरी परेको हो ।
विद्यालयका प्रधानाध्यापक रूद्र बुढाले घोराही १४ का वडाध्यक्ष भानसिङ बुढाले आफूमाथि हातपात गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।वडा अध्यक्ष भानसिङ बुढा सहित ३ जना विरुद्ध प्रधानाध्यापक रूद्र बुढाले जिल्ला प्रहरी कार्यालय दाङमा बिहिबार जाहेरी दिएका छन । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख चक्रबहादुर शाहले प्रअ बुढाले जाहेरी दिएको जानकारी दिएका हुन। वडाअध्यक्ष सहित ३ जना विरुद्ध अभद्र ब्यबहारमा जाहेरी परेको प्रहरीले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिको गठनका लागि तेस्रो पटकको भेलामा गणपुरक संख्या नपुगेको भन्दै प्रधानाध्यापक रूद्र बुढाले निर्णय लेख्न अस्वीकार गरेका थिए । सोही बिषयलाई लिएर बिबाद हुँदा आफू माथि वडाअध्यक्ष सहितको समुहले कुटपिट गरेको प्रअ बुढाको भनाई छ ।
यस विषयमा वडाध्यक्ष भानसिंङ बुढा भने प्रअले नै विद्यालयमा गुण्डा बोलाएर आतंक सिर्जना गरिएको आरोप लगाएका छन् । उक्त घटनामा आफ्नो सलंग्नता नरहेको उनको दाबी छ ।