दाङको घोराही उपमहानगरपालिका १४ स्थित बिद्यालयसमयमा प्रधानाध्यापक र बिद्यार्थीहरु माथि गरिएको कुपिटको घटनामा नेकपा (बहुमत) निकट बिद्यार्थी संगठन अखिल (क्रन्तिकारी) केन्द्रिय समितिले खेद व्यक्त गरेको छ ।
घोराही १४ स्थित शुभ प्रभात माध्यामिक विद्यालयको व्यवस्थापन समिति चयनको क्रममा वडाअध्यक्ष भानसिङ बुढासहितका समुहले विद्यालयका प्रधानाध्यापक रुद्र बुढालाई निर्घात कुटपिट गरिएको घटनामा अखिल क्रान्तिकारी केन्द्रिय समितिले खेद व्यक्त गरेको हो । उक्त बिद्यालयको जग्गा निजि बोर्डिङले कव्जा गरेको बिषयका बुझ्न गएका अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष नरेन्द्र विश्वकर्मा र विद्यार्थी नेता पवनमाथि पनि दुव्र्यवहार र हातपात गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस घटनामा विरोध प्रकट गर्दै संगठनले एक प्रेस वक्तव्य जारी गर्दै उक्त हर्कतलाई घोर निन्दा गरेको छ। संगठनका अध्यक्ष विरेन्द्र शाहले वडाध्यक्ष भानसिङ बुढा र उनीसँग संलग्न व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरी कानूनी कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन्।
शाहले भने, “वडाध्यक्ष बुढा जनताको प्रतिनिधि नभएर गुण्डाको नाइके बनेका छन्, र यस घटनाले उनलाई जनताका शत्रुका रूपमा प्रमाणित गरेको छ।“ संगठनले चेतावनी दिएका छ कि यदि सत्ताको आडमा यस्तो अपराधीलाई उन्मुक्ति दिइन्छ भने यस्ता अपराधिहरूलाई जनताबाट न्याय र जनकारबाहीबाट रोक्न सक्ने कुनै शक्ति छैन।
बिद्यालयको अध्यक्ष चयनमा बुधबारको भेलामा पनि बहुमत संख्या नपुगेका कारण फेरि अर्को बैठक बस्नु पर्ने अडान प्रधानाध्यापकले लिएपछि वडाध्यक्ष र उनको समूह कुटपिटमा उत्रिएका थिए । एमालेबाट निर्वाचित वडाअध्यक्ष भानसिङ बुढाले फर्जी हस्ताक्षर संकलन गरेर आफु निकट गणेश श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिको नयाँ अध्यक्ष बनाउन खोजेका थिए । बिद्यालयका प्रअ रुद्र बुढाले अबिभाबकको बहुमत सख्या नपुगेको भन्दै निर्णय लेख्न अस्वीकार गर्दा वडाअध्यक्ष नेतृत्वको समुह कुटपिटमा उत्रिएको थियो ।