नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको सरकार बिचौलियाहरूले हाँकिरहेको आरोप लगाएका छन् अहिले सत्ताको ड्राइभिङ सिटमै बिचौलियाहरू बसेको उनको उनको भनाई छ ।
मंगलबार संसद्मा सम्बोधन गर्दै प्रचण्डले पछिल्लो ८ महिनामा सरकारले कुनै पनि निर्णय र नियुक्ति आफैले नगरेको आरोप लगाउँदै भए आफूलाई मात्रै एउटा आफूलाई देखाउन चुनौती दिए ।
Advertisement
‘दुई तिहाइको घोडा कसले दौडाउँदैछ भने प्रधानमन्त्री र मन्त्रीहरूले होइन, त्यो घोडा बिचौलियाहरूले दौडाइरहेका छन्। तपाईँहरूले पछिल्लो समय गरेका निर्णय, नियुक्ति बिचौलियाको सेटिङमा भएको देखेको छु’ उनले भने, ‘सत्तामा रहेका साथीहरूले भनिदिनुस् पछिल्लो समय आठ महिनामा एउटै मात्र कुन निर्णय भए जसको पछाडि बिचौलीया छैन? अहिले सत्ताको ड्राइभिङ सिटमै बिचौलियाहरू छन्।’