हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिकाले पहिलो पटक नगर बस सञ्चालनमा ल्याएको छ । जिल्लामै पहिलोपटक नगर बस सञ्चालन भएपछी नागरिकमा सहज भएको छ । त्रिपुरासुन्दरी मन्दिरमा विशेष पुजापाठ गरेर सोमबार देखि नगरबस सञ्चालनमा ल्याइएको हो ।
Advertisement
जिल्लाका ८ वटा स्थानीय तहका अधिकांश स्थानहरुमा बस सेवाको पहुँच नपुगेको अवस्थामा पहिलोपटक ठुलिभेरी नगरपालिकाले आफ्नै बस सेवा सुरु गरेको हो । नगरपालिकाले सुरु गरेको बस सदरमुकाम दुनै-रुपगाड-कालागौडा-मतिपुर-डाँगीवाडा र जुफालसम्म चल्ने जनाईएको छ ।
सस्तो भाडा अधिकतम दुई सयमा नागरिकले यात्रा गर्न पाउने बताइएको छ । बस सेवा बिस्तारै विस्तार गरेर नागरिकको सहज पहुँचको लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।