जाजरकोटको कुशे गाउँपालिका – ८ स्थित ग्राक्लीमा एक घरमा आगलागी हुँदा बालकको मृत्यु भएको छ । आगलागी बाट स्थानीय जनक बहादुर रोकायका १२ बर्षिया छोरा अम्मर रोकायको मृत्यु भएको हो ।
Advertisement
खाना पकाउने चुल्हो बाट आगो लागेपछी पुरै घर सल्किदा रोकायको मृत्यु भएको उनका बुवा जनक बहादुर रोकायले बताए । आइतवार मध्यराती करिब १२ बजेतिर आगलागी भएको र घरका अन्य सदस्यलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उक्त आगलागी बाट घरमा भएका लत्ताकपडा, भाडाकुडा लगायतका सामग्री जलेर नष्ट भएको बताइएको छ ।