आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा मोटरसाईकल दुर्घटना हुँदा एकजना युवक घाइते भएका छन । नगरपालिकाको ११ र ९ नम्वर वडा लाई जोड्ने गिजागाड खोला माथिको पक्की पुलबाट खसेर आठबिसकोट -११ गत्तसैना का २१ वर्षिय सन्तोष पुन घाइते भएका हुन्।
आज बेलुका साढे चार बजेतिर सिमबजार बाट राडी बजार तर्फ आउँदै गरेको लु ९३ प ५३७१ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।
मोटरसाईकल चालक पुन पक्की पुलबाट खसेर नगरपालिकाको कार्यालय परिसर भित्र मोटरसाईकल सहित खसेका थिए । उनको टाउकोको बाँया भाग र दाहिने हातको हत्केलमा चोट लागेको प्रहरीले जनाएको छ । गम्भिर घाइते पुनको नगर अस्पताल आठबिसकोटमा सामान्य उपचार पछि नेपालगन्ज रेफर गरिएको अस्पतालले जानकारी दिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार पुन सिकारु भएकाले तिव्रगतिमा गुडिरहेको मोटरसाईकल नियन्त्रण हुन नसक्दा दुर्घटना भएको बताईएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान भैरहेको जनाएको छ ।