काठमाडौं । आज काठमाडौंको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।
Advertisement
आज पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदै छन् । पोखरामा एक महिना विताएका पूर्व राजा शाह आज काठमाडौं आउन लागेका हुन् ।
सोही अवसरमा उनको स्वागतमा राप्रपालगायत राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्ने तयारीगरेपछि काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाइ अलर्ट’ मा राखिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार प्रहरी कर्मचारीमात्रै ११३४ जना खटाइएको छ, प्रदर्शनका अवाञ्छित गतिविधि नहोस् भन्नका लागि अरू दिनभन्दा बढी कर्मचारी खटाइएको छ । प्रहरीसँगै आइतबार सशस्त्र प्रहरी, अनुसन्धान विभागका कर्मचारीहरू पनि खटिएका छन्।