नागरिक बचाउ महाअभियान नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारको तानाशाही प्रवृत्तिको घोर भर्त्सना गरेको छ। आज एक प्रेश वक्तव्य जारी गर्दै, महाअभियानका केन्द्रिय संयोजक श्री दुर्गा प्रसाई, वरिष्ठ अधिवक्ता श्री धुव्रलाल श्रेष्ठ, र अधिवक्ता स्वागत नेपाल लगायतका अभियन्ता ज्यूहरूले मिति २०८१ साल फागुण २५ गते पुर्वराजा ज्ञानेन्द्र शाहको पोखरा बाट काठमाण्डौं आउने कार्यक्रमको स्वागत गर्ने क्रममा उनीहरूलाई झुठ्ठा मुद्दा लगाई पक्राउ गर्ने र राजालाई विमान स्थलबाटै नजरबन्द गर्ने योजना सरकारले बनाएको सूचनासम्म प्राप्त भएको बताएका छन्।
नागरिक बचाउ महाअभियान नेपालका केन्द्रिय अध्यक्ष श्री दुर्गा प्रसाईले भने, “यदि सरकारले नागरिक बचाउनका लागि गरिने कार्यलाई दमन गर्न कोशिस गर्यो भने त्यसको परिणामको जिम्मेवार सरकार नै हुनेछ। यो तानाशाही प्रवृत्ति लोकतन्त्र र मानवअधिकारको विरुद्ध हो।”
महाअभियानले सरकारको उक्त कदमको विरोध गर्दै नागरिकको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने अठोट व्यक्त गरेको छ र भविष्यमा यस प्रकारका दमनकारी कार्यहरूको प्रतिकार गर्ने चेतावनी दिएको छ।