आज नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य ३ सय रुपैयाँले बढेको हो ।
Advertisement
आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।