• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

कर्णाली प्रदेश सरकार द्वारा आगामी आव २०८२/८३ मा कार्यान्वयन हुने आयोजनाको प्रस्ताव माग

  •   बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
  • कर्णाली प्रदेश सरकारले माताहतका जिल्लाका कार्यालयलाई पत्राचार गरेर आयोजनाको प्रस्ताव माग गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वन गर्नेगरी जिल्लास्थित कार्यालयमा प्रदेश सरकारका मन्त्रालयबाट आयोजनाको प्रस्ताव माग गरिएको हो ।

    Advertisement

    सबै मन्त्रालयबाट जिल्लास्थित कार्यालयमा पत्राचार गरी आयोजनाको प्रस्ताव माग गर्न सार्वजनिक सूचनामार्फत निर्देशन दिइएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

    उनका अनुसार आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१ मा व्यवस्था भएबमोजिम आव २०८२/८३ मा कार्यान्वयनका लागि आगामी चैत १ गतेभित्र आयोजनाको विवरण पेस गर्न निर्देशन दिइएको छ । हालसम्म भएका काममा दोहोरो नपर्ने गरी कर्णाली प्रदेश आयोजना प्रस्ताव तथा छनोट प्रक्रिया कार्यविधि, २०८१ अनुसूची १ को विषय क्षेत्रको आधारमा रही अनुसूची २ बमोजिमको ढाँचामा प्रस्ताव माग निर्देशन दिइएको उनको भनाइ छ ।

    जिल्लास्थित कार्यालयमा सङ्कलन भएका आयोजना सम्बन्धित मन्त्रालयमा आउने र मन्त्रालयले छनोट गरेर योजना बैंकमा पठाउने प्रक्रिया रहेको शाहले जानकारी दिए । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जिल्लास्थित कार्यालयमा पत्र लेख्दै सबै ठाउँबाट आयोजनाको मागअनुसारको विवरण पठाउन अनुरोध गरिएको उनले बताए ।

    प्रदेशसभाका सांसददेखि ७९ वटा स्थानीय तह, जिल्लास्थित कार्यालयलाई आयोजना पेस गर्न निर्देशन दिइएको छ । आयोजना निर्माण गर्दा सबै प्रक्रिया पूरा गरेर मात्र कार्यान्वयन गर्न यो पहलकदमी लिइएको प्रवक्ता शाहले बताए । प्रदेश सरकारले बनाएको योजना बैंकमार्फत आयोजनाको प्राथमिकीरण गरेर कार्यान्वयन गरिने उनले जानकारी दिए ।

    प्रवक्ता शाहका अनुसार प्रदेश सरकारले विकास निर्माणसम्बन्धी आयोजनालाई व्यवस्थित गर्न ‘आयोजना बैंक’ को अवधारणा अघि सारेर काम गरिरहेको छ । आगामी आव २०८२/८३ मा सञ्चालन हुने आयोजना उक्त बैंकमा समावेश भएर मात्र कार्यान्वयनमा जाने प्रदेश सरकारले जनाएको छ । कर्णाली सरकारले बैंक निर्माण गरी लगानी सम्मेलन गर्ने जनाएको छ ।

    यसअघि चारपटक लगानी सम्मेलनको मिति तय भए पनि कर्णालीमा अहिलेसम्म सम्मेलन हुन सकेको छैन । बैंकका लागि ‘आयोजना बैंक व्यवस्थापन कार्यविधि–२०८१’ निर्माण भएको प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले जानकारी दिए । उनका अनुसार अहिले ‘आयोजना बैंक’बारे विभिन्न मन्त्रालय, निर्देशनाय र कार्यालयसँग छलफल भइरहेको छ ।

    “बैंकमा प्रदेश महत्वका विभिन्न आयोजनालाई प्राथमिकरण गरेर राखिनेछ”, उनले भने, “यसले चोरबाटोबाट आवश्यक विधिहरू मिच्दै आउने योजनालाई निरुत्साहित गर्छ, योजनासँग सम्बन्धित सबै तथ्याङ्क र विवरण बैंकमा राखेपछि त्यसको कार्यान्वयन गर्न र प्रगतिबारे बुझ्न सहज हुन्छ ।” उनले यसले आयोजनामा हुने दोहोरोपना हट्ने र आयोजनाको लागि बजेट विनियोजनलाई चुस्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    दोस्रो पञ्चवर्षीय योजनाले अवलम्बन गरेका नीतिहरू समावेश गरी दिगो विकास लक्ष्य हासिल गर्न ‘आयोजना बैंक’ महत्त्वपूर्ण मानिएको कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौडयालले बताए । उनका अनुसार आयोजना बैंक निर्माणका लागि चालु आवको नीति तथा कार्यक्रममा समावेश गरिएको थियो भने प्रथम पञ्चवर्षीय योजनाको समीक्षालेसमेत औँल्याइएको थियो ।

    प्रदेश योजना आयोगको मातहतमा रही मन्त्रालयहरूले विकास योजना कार्यान्वयन गर्ने प्रदेश सरकारका प्रमुख सचिव पौडयालल जानकारी दिए । “पहुँचका आधारमा औचित्यहीन योजनामा हुने बजेट विनियोजन रोक्न पनि यो अवधारणा जरुरी छ”, उनले भने, “यसले विकास योजनाको कार्यान्वयन छिटो हुने, एकद्धार प्रणालीबाट त्यसको अनुगमन र मूल्याङ्कन गर्न सहयोग पुग्छ ।” विकास योजनामा लगानीको वातावरणलाई प्रोत्साहित गर्न पनि बैंकको अवधरणा प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

    आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले योजना छनोटलाई व्यवस्थित, वैज्ञानिक र प्रतिफलमुखी बनाउन आयोजना बैंक प्रभावकारी हुने बताए । आयोजना बैंकले पञ्चवर्षीय योजनाको व्यवस्थित कार्यान्वयनमा सहयोग पु¥याइ आवश्यक लक्ष्य समयमा हासिल गर्न भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

    “अब मन्त्री, सांसद र कर्मचारीहरूले आफूखुसी योजना हाल्न पाउने छैनन्, यसमा विभिन्न सूचकमार्फत विकास योजनाको आवश्यकताको पहिचान गरी त्यसको प्राथमिकीकरण गरिनेछ र त्यसैका आधारमा कार्यान्वयनको चरणमा लगिनेछ”, उनले भने, “यसले प्रदेशको तीव्र आर्थिक वृद्धिमा सहयोग पु¥याउन, दिगो विकासको आधार तयार गर्न र जनसहभागिताको सुनिश्चितता गर्न सहयोग पुग्नेछ ।”

    बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.