नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा माओवादी केन्द्रले जनयुद्ध बेचेर खाइसकेको आरोप लगाएका छन् ।
Advertisement
बुधबार (फागुन २१) बिहान काठमाडौँमा आयोजित २६औँ यदु स्मृति दिवस कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका गुरुङले सो आरोप लगाएका हुन् ।
माओवादी हिंसा भन्ने शब्दबाट किन भागिरहेको छ ? माओवादबाट किन भागिरहेको छ ? जनयुद्ध त बेचेर खाइसक्यो,” उनले भने ।