काठमाडौं ।
अमेरिकाबाट देश निकाला गरिएका १ महिला र ७ जना पुरुष नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको जिम्मा लगाएको छ ।
Advertisement
अमेरिकाले डिपोर्ट गरेर चाटर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेका ८ नेपालीलाई प्रहरीले सोधपुछका लागि लगेको हो ।
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले अमेरिकाले फर्काइदिएकाहरू मानव बेचबिखन तथा ओसारपसारका पीडित हुन् कि भनेर सोधपुछका लागि लगिएको जनाएको छ । नेपाल प्रहरीले अमेरिकाको निष्कासनमा परेर नेपाल फर्काइएका नेपालीहरूसँग सोधपुछ गरेको छ ।
नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरो पुराइएका उनीहरूलाई सोधपुछ गरिएको हो ।
अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरूसँग बुझ्ने काम भएको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । 