जाजरकोटको कालेगाउँमा आज बिहान ८ बजे ट्याक्टर दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटना मा परी चालक र अन्य तिन जना घाइते भएका छन् । जिल्लाको भेरी नगरपालिका -१ कालेगाउँ -स्थित भे २ त १६७३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार उक्त दुर्घटनामा परी भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षिय प्रकाश बादी, सोही नगरपालिका-६ का १८ वर्षिय धर्मराज खड्का , कुशे गाउँपालिका -५ -का २५ वर्षिय भीम परियार र छेडागाड नगरपालिका ५ का वर्ष १८ का बालकृष्ण परियार घाइते भएका हुन्।
घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको डिएसपी पाण्डेले बताए । सदरमुकाम खलङ्गा बजार बाट रड लोड गरेर कालेगाउँ तर्फ गैरहेको ट्याक्टर दुर्घटना परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन्।