सरकारले पछिल्लो समय ल्याएको ५ वटा अध्यादेश प्रतिनिधि सभाको कार्यसूचीमा राखिएको छ । आज बुधवार बस्ने प्रतिनिधि सभाको बैठकमा ती अध्यादेशहरु टेबुल गर्ने सरकारको तयारी रहेको छ ।
Advertisement
सरकारले यसअघि पनि ती अध्यादेश संसद्मा पेश गर्ने कार्यसूचीमा राखेको थियो । तर, सत्तारुढ दलकै असहमतिको कारण अध्यादेश कार्यसूचीबाट हटाइएको थियो । हिजो मंगलबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय छ । सरकाले ल्याएका अध्यादेश आज संसदमा पेश हुने भए पछि नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थीत हुन ह्वप जारी गरेको छ ।