ललितपुरको टिकाथलीस्थित गोदावरी खोला नजिकै बोरिङ गरेको ठाउँमा ग्यास निस्केर लागेको आगो नियन्त्रण गरिएको छ ।
Advertisement
बिहान करिब ८:३० बाट सुरू भएको आगो नियन्त्रण गरिएको हो । आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ ।
पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगो लागेको स्थानीयले बताए । करिब ९ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको हो ।