काठमाडौं । थापाथली मा फेरी मेलम्चीको पाइप फुटेको छ । बिहानै पाइप फुटेपछि सडक क्षेत्रमा बाढी आएको छ । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो ।
Advertisement
सडकसमेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन ।
यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो ।