जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक प्रदान गरेको छ। ऊर्जा मन्त्रालयका अनुसार समयमै विवरण नबुझाएको कारण देखाउँदै उनलाई यस्तो अंक दिइएको हो।
Advertisement
घिसिङको नेतृत्वमा नेपाल लोडसेडिङमुक्त भएको थियो, र उनलाई आम जनताले विद्युत क्षेत्रमा सुधारको प्रतीकका रूपमा हेर्ने गर्छन्। तर मूल्याङ्कनमा घिसिङ्ले शुन्य अंक पाएका छन्।