घोराहीमा फागुन २ गते देखि १८ गते सम्म संचालनमा आएको महोत्सव आइतवार समापन भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ काे एक कार्यक्रमकाे आयाेजना गरि समापन गरिएकाे हो ।
दाङ जिल्ला उद्याेग वाणिज्य संघका अध्यक्ष वसन्त जाेशीकाे अध्यक्षता एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा बाेल्दै शर्माले दाङ जिल्ला उद्याेग वाणिज्य संघले साना तथा मझाैला उद्याेगहरूले उत्पादन गरेकाे वस्तुहरूलाई बजारिकरण गर्नकालागि महाेत्सवले अवसर प्रदान गरेकाे बताएका थिए । पर्यटकिय तथा धार्मिक स्थलहरूकाे पनि प्रचारप्रसारमा महाेत्सवले राम्रो गरेको बताएका थिए । दाङ जिल्ला बहुभाषि, बहुधार्मिक, बहुसांस्कृतिक जिल्ला भएकाले महाेत्सवले सबैलाई समेटेर स्थान दिएकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।
महाेत्सव समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नेपाली काग्रेसका गाेपाल भुषाल, नेकपा एमालेका विवेक श्रेष्ठ, नेकपा माओवादी केन्द्रका खिमबहादुर चाैधरी, राष्ट्रिय जनमाेर्चाका रामबहादुर जि.एम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्ताेष सुवेदी लगायतले मन्तव्य व्यक्त राखेका थिए । दाङ जिल्ला उद्योग बाणिज्य संङका अध्यक्ष वसन्त जोसीको अध्यक्षतामा भएको कार्यक्रम संघका उद्याेग उपाध्यक्ष ध्रुव गहतराजकाे स्वागत मन्तव्यबाट सुरू भएकाे थियो । कार्यक्रमकाे सहजिकरण महासचिव महेन्द्र बुढाथाेकीले गरेका थिए ।समापन कार्यक्रममा विभिन्न प्रतियाेगितामा सहभागी बिजयीहरूलाई पुरस्कार र सहयाेगीहरूलाई प्रशंसा-पत्र र मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।
अन्तिम दिन पनि सांस्कृतिक प्रस्तुति
महाेत्सवकाे अन्तिम दिन पनि चर्चित कलाकारहरूले सांगितिक प्रस्तुतिहरू दिएका थिए । अन्तिम दिन आईतवार लाेकप्रिय गायिका टीका सानुले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेकी थिईन। उनले ‘घासै काटाै खाेली दाेभान, हेर सानू माया बिना दिन पनि मैना झै, सलल रापति भेरी गयाे माया नहेरी नहेरी’ लगायतका गीतहरूको प्रस्तुती दिएकी थिईन।
शाेभायात्रामा यूनिक नाैमतिबाजा प्रथम
महाेत्सवकाे उद्घाटनका दिन भएकाे शाेभायात्रामा यूनिक नाैमतिबाजा संरक्षण समिति घाेराही १३ प्रथम भएकाे छ । मुल्यांकन समितिकाे नतिजा सार्वजनिक गरिएकाे हाे । जस अनुसार नमूना साँस्कृतिक आमा समूह घाेराही १३ दृतिय, गैरागाँउ गनारी टाेल विकास संस्था घाेराही १७ तृतिय, गाेदावरी बाेर्डिङ स्कुल घाेराही १३, राेल्पा काेटगाउँले समाज घाेराही र नाैलाे टाेल विकास संस्था घाेराही १८ सान्त्वना भएकाे शाेभायात्रा व्यवस्थापन उपसमितिका संयाेजक निमबहादुर बुढाथाेकीले जानकारी दिए।
धन्यवाद ज्ञापन
महाेत्सव सफल बनाउन सहयाेग गर्ने सम्पूर्णमा आयाेजक दाङ जिल्ला उद्याेग वाणिज्य संघले धन्यवाद ज्ञापन गरेकाे छ । फागुन २ गतेदेखी १८ गतेसम्म घाेराही उपमहानगरपालिका वडा न.१४ झिगाैरामा आयाेजना गरेकाे ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ सफल बनाउनकालागी सहयाेग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेकाे हाे । अध्यक्ष बसन्ता जाेशी र महासचिव महेन्द्र बुढाथाेकीले एक विज्ञप्ती सार्वजनिक गरेर महाेत्सव सफल बनाउनकालागी सहयाेग गर्ने सम्पूर्ण सरकारी निकाय, उद्याेगी, व्यवसायी, राजनितिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकाय, सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, उपस्थित दर्शकहरू लगायत सबैमा धन्यवाद व्यक्त गरिएको छ।