• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

अन्तत दलविहीन बने देउवा

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

  • १०. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

सिमाना क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

"घर नेपालमा तर शिक्षा भारतमा "

  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
  • इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन् ।

    Advertisement

    इलामको सन्दकपुर गाउँपालिका–५ की पेमा तामाङ नौ वर्षकी हुनुभयो । उहाँ भारतीय विद्यालयमा पढ्नुहुन्छ । घर नजिक विद्यालय नभएका कारण भारतमै बसेर पढ्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । तामाङ भारतमै छात्रावासमा बसेर पढ्दै आउनुभएको छ ।

    नेपालतर्फ भएका विद्यालय पनि बन्द भएपछि सो क्षेत्रका अधिकांश बासिन्दाले बालबालिकालाई भारतीय विद्यालयमा पढाउनुपर्ने बाध्यता रहेको स्थानीय दावा लामाले बताउनुभयो । कतिपय अभिभावकले बालबालिकालाई छात्रावास त कतिपयले भारतमै कोठा भाडामा लिएर पढाउने गरेका छन् । नेपालतर्फ विद्याल विद्यार्थी अभावले बन्द भएका कारण समस्या भएको छ ।

    मानेभन्ज्याङका विभिन्न विद्यालयमा सो क्षेत्रका धेरै विद्यार्थी पढ्ने गरेका छन् । उच्च शिक्षा हासिल गर्न पनि भारतीय विद्यालयकै भर पर्नुपरेको छ । प्राथमिक तहमा स–साना बालबालिका भारतमा पढाउनुपर्दा अभिभावक पिरोलिएका छन् । यता विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालय बन्द भएका छन् ।

    सो क्षेत्रमा नेपालमा निजी विद्यालय छैनन् । भारतसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा गाउँगाउँमा भएका सामुदायिक विद्यालय बन्द भएका कारण उतै पढ्नुपर्ने बाध्यता छ । कम जनसङ्ख्या भएको सो क्षेत्रमा बालबालिकाको समेत कमी छ । उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिका सीमा क्षेत्रका बालबालिकालाई पढ्न समस्या भएको छ ।

    जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट नै पढाउन भारतीय क्षेत्रमा अभिभावकसँगै गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताउनुभयो । लेकाली क्षेत्र भएका कारण बस्ती पातलो छ । जनघनत्व पनि कम छ ।

    नौ वर्षअघि सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको स्थानीय डोमा शेर्पाले बताउनुभयो । कक्षा ५ सम्मसम्म अध्यापन हुने सो विद्यालय विद्यार्थी अभावका कारण २०७२ सालमा बन्द भएको हो । जौबारीबाट मात्र हाल १४ विद्यार्थी भारत अध्ययनका लागि जाने गरेका छन् । भित्तेमा रहेको विद्यालयसमेत तीन वर्षअघि अन्यत्र सारिएको छ । सो विद्यालय बन्द भएपछि झन समस्या भएको स्थानीयको भनाइ छ ।

    सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, माईजोगमाई–२ मेग्मामा सञ्चालित सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कै मजुवामा रहेको प्राथमिक विद्यालय बन्द छन् । नेपालतर्फ नजिक विद्यालय नभएको स्थानीय बताउँछन् । माईजोगमाई–२ स्थित ज्योति विद्यालय पुग्न चार घण्टा लाग्छ । अन्य गाउँपालिकाको केन्द्र नयाँ बजारमा जानुपर्ने बाध्यता छ । नयाँबजारको विद्यालय पुग्न पनि तीनदेखि चार घण्टा लाग्छ ।

    लामो समय धाएर बालबालिकालाई विद्यालय पुर्याउँदा अभिभावकले काम गर्न भ्याउँदैनन् । घरका एक जना बालबालिकालाई विद्यालय पुर्याउन र घरसम्म ल्याउन खटिनुपर्ने उहाँहरूको भनाइ छ । जौबारी, गुराँसे, मेग्मालगायतबाट करिब ३५ विद्यार्थी नेपालको विद्यालय जानबाट वञ्चित भएका माईजोगमाई गाउँपालिका–२ का वडाध्यक्ष डम्बर सुवेदीले बताउनुभयो । सूर्योदय नगरपालिकाको लामिधुरा क्षेत्रका बालबालिकाले समेत नेपालमा पढ्न पाउँदैनन् । उनीहरू पनि नजिकको भारतीय विद्यालय नै जानुपर्ने बाध्यता छ ।

    “एउटै विद्यार्थीलाई पढाउन पनि धेरै खर्च हुन्छ । छात्रावास राख्नुपर्छ । नभए कोठा भाडामा लिएर बस्नुपर्छ”, स्थानीय फुर्वा शेर्पाले भन्नुभयो ।

    सीमा क्षेत्रका कतिपय बालबालिका घरबाटै विद्यालय जाने गरेका छन् । कतिपयले बसमा विद्यार्थी पठाउने गरेका छन् । मानेभन्ज्याङ तुमलिङबाट ११ किलोमिटरको दूरीमा छ । केही अभिभावकले सो दूरीमा अन्य सवारीसाधन प्रयोग गरेर पनि विद्यालय पठाउने गरेका छ ।

    • शिक्षा
    आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार
    बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प
    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु
    म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

    भर्खरै

    • १.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • २.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ३.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • ४.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ५.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ६.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ७.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ८.
      कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.