नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल(क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिको प्रथम बैठक “राष्ट्रका लागि विद्यार्थी अभियान” अन्तर्गत रहेर “सुस्ता सिस्ने अभियान” सञ्चालन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । बैठकमा आगामी स्ववियु निर्वाचनको तयारीका बारेमा पनि छलफल भएको बताइएको छ ।
५ नम्वर पार्टी ब्युरो इन्चार्ज जितले आगामी चैत ५ मा हुने स्ववियु निर्वाचन केन्द्रित गतिविधिहरूको लागि सबै बिद्यार्थी नेताहरुलाई सक्रिय रहन अपिल गरेका छन्। बिद्यार्थीहरुले आगामी निर्वाचनमा अखिल (क्रान्तिकारी)को विजय सुनिश्चित गर्नका लागि कडा मेहनत गर्नु पर्ने बताउदै प्रदेशमा देखिएका शैक्षिक बिकृति र बिपन्न बिद्यार्थीहरुले गुणस्तरीय शिक्षा लिनबाट बन्चित भएका बिषयहरुमा आवाज उठाउन आग्रह गरेका थिए ।
अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिव प्रेम प्रशान्त बोहोराले बेराजगारी उत्पादन गर्ने शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताउँदै शिक्षा प्रणालीमा व्यावहारिक र जीवनमुखी शिक्षालाई प्राथमिकता दिनु पर्ने बताएका थिए । एक देशमा दुई थरी शिक्षा प्रणालीका कारण गरीव , बिपन्न बिद्यार्थीहरुले लिन नपाएको गुणस्तरीय शिक्षाका बिषयमा सम्वन्धीत सरोकारवला सँग ध्यानाकर्षण गराउने उनको भनाई थियो । निजी विद्यालयहरूको अत्यधिक महंगो शिक्षा शुल्कका कारण गरीब बिपन्न वर्गका विद्यार्थीलाई शिक्षा प्राप्त गर्न गाह्रो भईरहेको हुदा अखिल क्रान्तिकारी विद्यार्थी संगठनले निःशुल्क शिक्षाको माग गर्दै हाल निजी विद्यालयमा शिक्षा शुल्कको अनुगमनको माग गरिएको केन्द्रिय सचिव बोहोराको भनाई थियो ।
बैठकमा पार्टी व्युरो इन्चार्ज जीत , रुपन्देही जिल्ला इन्चार्ज चे , अर्घाखाँची पार्टी इन्चार्ज रेखा , रुपन्देही पार्टी सेक्रेटरी बिरू , युवा संगठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज भुवन ,(क्रान्तिकारी) केन्द्रिय सचिव प्रेम प्रशान्त बोहोरा लगाएतको अातथ्यता रहेको थियो भने राप्ती इन्चार्ज सोम्पाल कामी लगाएको सहभागिता रहेको थियो । बैठकको अध्यक्षता अखिल (क्रान्तिकारी¬) प्रदेश संयोजक सन्देश सापकोटाले गरेका थिए ।