नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को ५ नम्वर व्युरो बैठक सम्पन्न भएको छ । बैठकलाई सम्वोधन गर्दै पार्टी महासचिव कञ्चनले पार्टीका विभिन्न गतिविधि र आगामी रणनीतिहरूका बारेमा विस्तृतरुपमा व्युरो सदस्यहरुलाई प्रशिक्षण दिएका थिए । महासचिव कन्चनले जनताको वर्गीय मुक्ति र संगठनात्मक मजबूतीका लागि पार्टीका सबै सदस्यहरूको एकता र संघर्षलाई मजबुत बनाउने पक्षमा जोड दिएका थिए ।
त्यस्तै उनले आगामी पार्टी र चुनावको बारेमा धारणा राख्दै पार्टीको नीति तथा कार्यक्रमको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए । चुनाव गर्नै परे दलाल संसदीय व्यवस्थाको चुनाब नभई जननिवार्चित कार्यकारीको चुनाब हुन पर्ने बताएका थिए । नेकपा बहुमतले माफिया र दलालहरुको संसदीय व्यवस्थाको चुवना बहिष्कार गर्ने बताउँदै बैज्ञानिक समाजबादी व्यवस्था ल्याउन पार्टीले ल्याएका कार्यक्रम र कार्यनीति कार्यन्वयन गर्न वडातह सम्म जान प्रदेश सदस्यहरुलाई निर्देशन गरेका थिए । पार्टीका हर सदस्यले जनताको हितमा काम गर्नुपर्छ जनताहरुलाई संगठित गर्नु पर्छ हाम्रो कार्यक्रमलाई जनजनमा पुर्याउन निकै महत्वपूर्ण जिम्मेवारी छ, पार्टी महासचिवले भनेका थिए ।
बैठकमा ब्युरो सदस्यहरूले व्युरोमा पार्टीले गरेका कामकाजी रिपोर्ट र जनताहरुले भोग्न परेका मिटरव्यजी , सुकुम्वासी महंगी, भष्टाचार लगाएका बिभिन्न समस्याहरुका बिषयमा रिपोट राखेका थिए । जबाफमा पार्टी महासचिव कन्चनले जनताका समस्यको गहन अध्यायन गरी दलाल सामन्त, सुदखोरहरुलाई पार्टीले कारवाही गर्ने बताएका थिए ।
१५ र १६ गते गरी दुई दिन सम्म कपिलवस्तुमा बसेको बैठक व्युरो इन्चार्ज जीतको अध्यक्षतामा बसेको थियो । बैठकमा पार्टी महासचिव धमेन्द्र वास्तोला (कञ्चन) स्थाइ समिति सदस्य निर्मल निर्देशक समिति अध्यक्ष मामा लगाएको उपस्थीति रहेको थियो ।