आठबिसकोट । बिहिवार राति देखि परेको अविरल वर्षा पछि रुकुम पश्चिममा भारी हिमपात भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका-१,२,३ र ५,६ नम्वर वडाको उच्च पहाडी तथा हिमाली भेगहरुम बाक्लो मात्रामा हिमपात भएको हो ।
हिउँदे मनसुन सक्रिय भएसँगै रुकुम पश्चिम सहित देशका बिभिन्न स्थानहरुमा हिमपात सहितको वर्षा भैरहेको छ । आठबिसकोट नगरपालिका-३ स्थित झारमारे लेकमा हिमपात हुँदा सडक अवरुद्ध बनेको छ । शुक्रबार देखि नै झारमारेमा परेको हिमपातका कारण सदरमुकाम , पालिकाको केन्द्र लगायतका अन्य ठाउँहरुमा आउजाउ गर्ने सवारी साधनहरु ठप्प भएका छन्।
झारमारेमा बाक्लो मात्रामा हिमपात भएको छ । स्थानीय भरिलाल नेपालले उज्यालो पाटीसँग भने, हिमपातका कारण ट्याक्टरहरु विच सडकमै थन्किएका छन्। उनका अनुसार सडक पुर्ण रुपमा अवरुद्ध बनेको छ । मौसम नखुलेका कारण अझै थप हिमपात भैरहेको बताए ।
झारमारे आठबिसकोटको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको छ । लगातार हिमपात हुँदा यहाँको जनजिवन कष्टकर बनेको छ ।