घोराहीमा लागिरहेको महोत्सवमा आज लोकप्रिय गायक पुष्कल शर्मा आउँने भएका छन् । गायक शर्मा सँगै गायिका सत्यकला राई , समिर आचार्य , सपाना शाही , शसिकला राई, बिमला खड्का , अञ्जु चौधरी लगाएतका कलाकारहरु आउँने भएका छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा फागुन २ गतेदेखी जारी महोत्सवमा जिल्लाका धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरिएको छ । ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा पर्यटन पवद्र्धनलाई प्राथमीकता दिदै जिल्लाका धार्मीक तथा पर्यटकीय स्थलहरुको विभिन्न माध्यमबाट प्रचार प्रसार गरिएको आयोजकले बताएको छ ।

महोत्सवमा दाङका धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरिएको छ । महोत्सवको मुख्य प्रवेशद्वारमै जिल्लाका धार्मीक तथा पर्यटकीय स्थलहरुको पहिचान र महत्व झल्कने फ्लेक्सहरु राखिएको छ ।धार्मीक स्थलहरु अम्बिकेश्वरी मन्दिर, बाह्रकुने ताल, जखेरा ताल, पाण्डवेश्वर मन्दिर, शहिद गेट, छिल्लीकोट, बंगलाचुली, पुरन्धारा छहरा, कोईलाबास नाका, गणेशपुर पार्कको चित्रहरु प्रदर्शनी गरिएको छ । यस्तै कृषी र पशुहरू पनि पर्दशनी गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघले बताएको छ ।
साथै महोत्सवको मुख्य मञ्चबाट सांस्कृतिक कार्यक्रमको क्रममा पनि धार्मिक तथा पर्यटकिय स्थलहरूको प्रचारप्रसार गरिएको र महोत्सव स्थलमा राखिएको डिजिटल बोर्ड(एलईडी) मा पनि जिल्लाको धार्मिक तथा पर्यटकिय स्थलहरूको पर्दशन गरिएको छ ।
महोत्सवमा विभिन्न सरोकारवाला कार्यालयहरुसँगको समन्वयमा स्थानीय कृषि उत्पादनलाई पनि प्राथामिकता दिएको छ ।