• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, साउन ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?

दार्चुलामा पहिरोमा परेर ३ जना घाइते

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?

आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

तीजको कोशेली ‘ए मैना सुनन’

रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक

किशोर श्रेष्ठ पक्राउ प्रकरणः बरामद सामानसहित उपस्थित गराऊ अदालतको आदेश

लगातार घट्दै सुनको मूल्य, आज पनि घट्यो

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

  • २. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • ३. ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

  • ४. जाजरकोटको नलगाडमा भिषण बाढी : ४ वटा घर र झोलुङ्गे पुल बगायो

  • ५. रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

  • ६. युवा, राजनीति, देश र इन्टरनेट

  • ७. समाचार लेखेकै कारण पत्रकार किशोर श्रेष्ठ पक्राउ : चौतर्फी विरोध

  • ८. अख्तियारको मुद्दामा चौरजहारीका मेयर वादीले पाए सफाइ

  • ९. आज दुर्लभ सूर्य ग्रहण लाग्दै, कहाँ-कहाँबाट देखिन्छ ?

  • १०. रुकुम पश्चिममा अत्याधुनिक सेवा सुविधा सहितका स्लिपर बस संचालनमा

विदेश बाट फर्किएपछि इन्टरनेटमा हेरेर कागज उत्पादन, लाखौँ कमाउँछन


  •   बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
  • मकवानपुर । मकवानपुरका एक युवकले इन्टरनेटमा हेरेर केराको खम्बाबाट कागज उत्पादन गरेर आम्दानी गरिरहेका छन्।

    Advertisement

    वैदेशिक रोजगारीका क्रममा सात वर्ष साउदी अरबमा काम गरेका मकवानपुरगढी गाउँपालिका-३ बाबियोडाँडाका प्रेमप्रसाद तिमल्सिनाले इन्टरनेटमा भिडियो हेरेकै भरमा केराको खम्बाबाट कागज उत्पादन गरिरहेका हुन् ।

    साउदी अरबमा छँदा गाडी चलाएका उनले नेपाल फर्केपछि केही समय काठमाडौँमा ट्याक्सी चलाए। ट्याक्सी चलाएर भनेजस्तो कमाई नभएपछि उनी गाउँ फर्किएका हुन्। गाउँमा पशु प्राविधिकसम्बन्धी तालिम लिएर बाख्रापालनसमेत गरेका तिमल्सिनाले आफूलाई मोबाइलमा केराको खम्माबाट कागज बनाइरहेको भिडियोले हौस्याएको बताए । मोबाइलमा भिडियो हेरेकै भरमा उनले खेर गइरहेको कच्चा पदार्थबाट केही गरौँ भन्ने सोचका साथ हाते कागज उद्योग स्थापना गरेको बताए।

    तिमल्सिनाले आठ लाख रुपैयाा लगानी गरेका छन् । उनले यस प्रयासले केराखेती गरिरहेको किसान र बेरोजगार युवालाई प्रेरणा मिलिरहेको छ । मकवानपुरमा पहिलोपटक शुरु भएको यो उद्योगले यतिबेला सबैको ध्यान केन्द्रित गरेको छ।

    उनले उद्योग शुरु गर्दा पहिलो महिनामा ५० हजारको कागज बिक्री भएको थियो । उक्त कागज धूपका लागि हेटौँडा बजारमा बिक्री गरिएको उनले बताए। विशेषगरी लोक्ताबाट बनाइने नेपाली हाते कागज केराको खम्बाबाट परीक्षण उत्पादन गर्दा सफल भएको र उत्पादनलाई निरन्तरता दिइरहेको उनले बताए।

    लोक्ताबाट नेपाली हाते कागज उत्पादन हुन्छ भन्ने सुनेको र आफ्नो गाउँमा खेर गइरहेकाले बनाउने उत्सुकताले उत्पादनको थालनी गरेको तिमल्सिनाले बताए । ‘हाम्रो गाउँ केराको पकेट क्षेत्र हो, यहाँ केराको खम्बा खेर गइरहेको थियो, केराको रेसाबाट कागज बन्छ जस्तो लाग्यो, अनि इन्टरनेटको माध्यमबाट खोजी गर्दै कागज उत्पादन गर्न शुरु गरेको हुँ’, उनले भने।

    काठमाडौँबाट रु एक लाख ५० हजारमा फाइबर निकाल्ने मेसिन ल्याएर कागज उत्पादन शुरु गरेका उनलाई अहिले भ्याइनभ्याई छ। मकवानपुरगढी गाउँपालिकाले पालिकाका लागि आवश्यक नेपाली कागज उनीसँगै खरिद गर्ने भएपछि पहिलो मागका रूपमा पाँच हजार प्रतिकागज उत्पादनमा उनी लागेका छन्।पहिलो चरणमा २०० वटा फ्रेमबाट कागज उत्पादन गरिरहेका तिमल्सिना यतिबेला लगानी बढाएर ५०० भन्दा बढी फ्रेमबाट कागज उत्पादन गर्ने सोचमा छन् । एउटा केराको बोटबाट औसतमा आधा किलो फाइबर निकाल्न सकिन्छ। त्यसबाट २५ वटासम्म कागज बनाउन सकिन्छ । हाल दैनिक पातलो र बाक्लो गरी एक कुरी (२०० पिस) कागज उत्पादन भइरहेको उनको भनाइ छ।

    केराको पकेट क्षेत्र भएकाले भविष्यमा यहाँको केराको खम्बा मूल्य निर्धारण गरेर खरिद गर्ने सोच उनले बनाएका छन्। यसरी उत्पादन भएको कागजको बजारका लागि भने समस्या छैन। उत्पादन भएका कागज स्थानीयस्तरमै खपत भइरहेको छ। स्थानीय सरकार र प्रदेश सरकारले प्राविधिक र मेसिनरी सहयोग गरेको अवस्थामा स्थानीयस्तरमा खेर गइरहेको केराको खम्बाबाट मनग्य आम्दानी गर्न सकिने उनले बताए।

    बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?
    दार्चुलामा पहिरोमा परेर ३ जना घाइते
    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
    गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?
    आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह
    तीजको कोशेली ‘ए मैना सुनन’

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

    • २.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ३.
      ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

    • ४.
      जाजरकोटको नलगाडमा भिषण बाढी : ४ वटा घर र झोलुङ्गे पुल बगायो

    • ५.
      रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

    • ६.
      युवा, राजनीति, देश र इन्टरनेट

    भर्खरै

    • १.
      आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?

    • २.
      दार्चुलामा पहिरोमा परेर ३ जना घाइते

    • ३.
      इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

    • ४.
      गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?

    • ५.
      आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

    • ६.
      तीजको कोशेली ‘ए मैना सुनन’

    • ७.
      रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक

    • ८.
      किशोर श्रेष्ठ पक्राउ प्रकरणः बरामद सामानसहित उपस्थित गराऊ अदालतको आदेश

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम

    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.

    ९८४१३०८५४०

    ९८४३३२३४३८

    ईमेल

    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क

    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.