आठबिसकोट । जाजरकोटको नलगाड नगरपालिका–१० ध्यारगाउँ भन्ने ठाउँमा सुख्खा पहिरोमा परेर चार जना महिला घाइते भएका छन् । माथिबाट आएको सुख्खा पहिरोले पुरेपछि चार जना स्थानीय महिला घाइते भएका हुन् ।
Advertisement
आइतबार विहान १० बजेको समयमा माथिबाट आएको सुख्खा पहिरोले पुरिएर चार जना महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । खानेपानी आयोजना निर्माणको लागि गिठ्ठी कुट्ने क्रममा एक्कासी माथिबाट आएको सुख्खा पहिरोले उनीहरुलाइ पुरेको थियो ।
घाइते हुनेहरुमा नलगाड नगरपालिका–१० निबासी ५० बर्षिय कलधरी नेपाली, ४५ बर्षिय डम्मरी कुमारी बोहरा, ४५ बर्षिय लालसरी नेपाली र ३० बर्षिय कमला विक सुख्खा पहिराले पुरिएर घाइते भएका छन् । घाइतेहरुको नलगाड नगर अस्पताल दल्ली मा उपचार भैरहेको प्रहरीले जनाएको छ ।