• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, जेठ १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

आज पनि प्रतिनिधिसभा बैठक बस्दै संसदमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने

प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

कस्तो रहला आजको मौसम?

सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

हनी ट्र्याप : थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

लोकप्रिय समाचार

  • १. रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

  • २. साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

  • ३. सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

  • ४. योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

  • ५. आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

  • ६. वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

  • ७. गणतन्त्र दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना : समृद्ध नेपाल निर्माणमा एकजुट हुन आग्रह

  • ८. जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते

  • ९. कविता : एक बिन्ती

  • १०. भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

कामको खोजिमा घरमा ताल्चा लगाएर सबै भारत गए, समुदाय नै सुनसान


  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
  • कञ्चनपुर । स्वदेशमै रोजगारी नपाइएपछि कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटाका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन् । जीविकोपार्जनका लागि केही सीप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन् ।

    Advertisement

    परम्परागत पेसा–व्यवसाय विस्थापनमा परेपछि वैकल्पिक रूपमा मजदुरी गर्दै आएका बादी परिवारले त्यो पनि नपाएपछि बाध्य भएर भारतमा दरवान र कुल्ली भएर काम गर्दै आएका छन् । बीस बढी परिवार कामको खोजीमा भारततर्फ लागेको बादी अगुवा पदम राना (बादी)ले बताए।

    परम्परागत पेसाका रूपमा माटोबाट हुक्का, सुल्पा, गाग्री, फूलदानी, गमला, धुपदानीलगायत सामग्रीसँगै मादल बनाउँदै आएका थियौँ”, उनले भने, ‘वन क्षेत्र संरक्षित गरिएपछि माटो ल्याउन पाइएन, माटाका सामानको तुलनामा प्लाष्टिकका सामानको प्रचलन बढी चल्न थालेपछि पेसा पलायन हुनुपरेको छ ।’ ठूलो रूपमा उत्पादन गरी बजारमा बिक्री गर्न पुँजी अभाव भएकाले परम्परागत पेसा पूरै ओझेलमा परेको उनले बताए ।

    बादी समुदायको परम्परागत पेसा जोगाउन सरकारी तवरबाट अनुदानलगायत कार्यक्रम सञ्चालन हुन नसकेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । ‘माटोबाट विभिन्न सामग्री उत्पादन गरी भारतीयहरूले मनग्य आम्दानी गर्दै आएका छन्’, दुरादेवी कुमालले भनिन्, ‘परम्परागत सीप भए पनि पुँजी छैन, माटोको कार्य गरे समाजमा नराम्रो तरिकाले हेर्ने गरिनाले पनि पुरानो पेसालाई तिलाञ्जली दिनुपरेको छ ।

    परम्परागत पेसा छाडेपछि विकल्पमा कृषि, यातायात र निर्माण क्षेत्रमा मजदुरी गरेर केही वर्ष साँझबिहानको छाक टार्दै आएका थिए । कोरोना महामारीपछि त्यो मजदुरी पनि खोसियो । त्यसपछि काम पाउन मुस्किल हुन थालेपछि परिवारसहित बस्तीका व्यक्ति भारततर्फ पलायन भएको उनले बताए ।

    बस्तीमा घरबासका लागि छ धुर जति जग्गा मात्र छ, त्यसमै बनेका खस्नै थालेका झोपडी छन्, केशव कुमालले भने, ‘केही परिवारसहित भारततर्फ लागेका छन्, अरू परिवारका बुढापाका र महिलामात्र बस्तीमा छन्, युवा सबै भारतमै मजदुरी गर्छन्, त्यसबाटै परिवारको पेट पालिन्छ ।’ कुसुण्डा, राजी, राउटेलगायत जातिमा बच्चा जन्मेदेखि नै भत्ता दिने व्यवस्था सरकारले गरेजस्तै बादी समुदायलाई पनि भत्तामा समेट्नुपर्ने उनको भनाइ छ ।

    जातीय विभेदको अन्त्य अझै हुन नसकेको चर्चा उनीहरुले कथित उपल्लो जातका व्यक्तिको चिया पसलमा चिया पिउँदा गिलास धुनुपर्ने अवस्था अझै विद्यमान रहेको बताएका छन् ।

    सङ्घीय राजधानी पुगेर कैयौँपटक आन्दोलन गर्दा भएका सम्झौता अहिले पनि कार्यान्वयनमा नआउँदा आधारभूत सेवासुविधाबाट समेत वञ्चित रहनुपर्ने अवस्था छ । आवासको व्यवस्था नहुँदा एकै घरमा तीन–तीन परिवार पनि बस्दै आएका छन् । केही परिवार भारतमा गएका बेला अर्को परिवार भारतबाट फर्केर बस्ने गरेका छन् ।

    • भारमा रोजगारी
    शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो
    आज पनि प्रतिनिधिसभा बैठक बस्दै संसदमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने
    प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो
    मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’
    कस्तो रहला आजको मौसम?
    सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    लोकप्रिय

    • १.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • २.
      साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

    • ३.
      सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    • ४.
      योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

    • ५.
      आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

    • ६.
      वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

    भर्खरै

    • १.
      आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

    • २.
      आज पनि प्रतिनिधिसभा बैठक बस्दै संसदमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने

    • ३.
      प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

    • ४.
      मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

    • ५.
      कस्तो रहला आजको मौसम?

    • ६.
      सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    • ७.
      भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

    • ८.
      हनी ट्र्याप : थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.