गत फागुण १ गते चलिरहेको तुलसीपुरको महोत्सवमा आज बुधवार दर्शकहरुको अत्याधिक भिड देखिएको छ । आज लोक गायक पुष्कल शर्मा , गायिका सिम्रण परियार , र एमटि महार लगाएत स्थानीय कलाकारहरुले दर्शकहरुलाई मनोरन्जन दिएका थिए । तुलसीपुर चम्वर अफ कमर्सको आयोजनामा उक्त मेला फागुण १६ गते सम्म चल्ने छ । महोत्सवमा पहिलेको भन्दा दिनप्रति दिन दर्शकहरुको भिड बढ्दै गईरहेको आयोजकले जानकारीएको छ ।
स्थानीय उत्पादनको बजारीकरण , पर्यटकीयस्थलको प्रचारप्रसार , कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले महोत्सव लगाएको तुलसीपुर चेम्वर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीय उत्पादनलाई प्रथामिकता दिने उदेश्यले व्यापारीक स्टल कृषि लगाएत अन्य स्थानीय उत्पादनहरुलाई निःशुल्क उपलव्ध गराईएको बताए ।
बुधवार तुलसीपर महोत्सवमा दर्शकहरुको अत्याधिक भिडभाड हुदा सुरुक्षाकर्मीले सहजिकरण गरीएको थिए । भने व्यापारिक कारोवारमा पनि देखिएको थियो ।